युक्रेनलाई क्षेप्यास्त्र उपलब्ध गराउनेबारे जर्मनीमा भइरहेको भिडियो कन्फरेन्स रुसद्वारा ह्याक

Spread the love

रुसले जर्मनीमा भएको महत्वपूर्ण बैठकको कुराकानी ह्याक गरेको छ । जर्मनीले पनि यो ह्याकिङ भएको स्वीकार गरेको छ । बैठकमा जर्मन अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र त्यसको सम्भावित लक्ष्यबारे कुरा गरिरहेका थिए।

रुसको आधिकारिक आरटी च्यानलले सो भिडियो कन्फ्रेन्सको अडियो सामाजिक सञ्जालमा पोस्ट गरेको छ । यस पोष्टमा जर्मन अधिकारीहरूले केर्च ब्रिजलाई लक्षित गर्ने मिसाइलको बारेमा छलफल गरिरहेका छन्। यो ब्रिजले रुस र क्रिमियालाई जोड्छ।

रुसी नेताहरूले यो अडियोले रुसका कट्टर दुस्मनहरुले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाइरहेको कुरा प्रष्ट हुने बताएका छन्।

जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले शनिबार उक्त अडियो लिक हुनु धेरै गम्भीर कुरा भएको बताएका छन्। यसको अनुसन्धान गम्भीरता र तीव्रताका साथ भइरहेको उनले बताए ।

‘डा स्पिगल म्यागजिन’का अनुसार यो भिडियो कन्फरेन्स जर्मन सेनाको गोप्य आन्तरिक नेटवर्कमा नभई वेभ एक्स प्लेटफर्ममा भएको थियो । – बीबीसी

तपाईको प्रतिक्रिया दिनुहोस

About NepaliPatrika.com

View all posts by NepaliPatrika.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *