राजदूतसमक्ष पोर्तुगलको दूतावास खोल्न एनआरएनको अनुरोध

Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले दिल्लीस्थित पोर्तुगीस राजदूत जोआओ रिबेरो डे अल्मेडालाई पोर्तुगलमा रहेका नेपालीले भोग्दै आएका समस्याकाबारे जानकारी गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

काठमाडौंमा भएको भेटमा केसीले काठमाडौंमा पोर्तुगलको दूतावास खोल्न राजदूत समक्ष आग्रह गरेका छन् ।

‘हामीले नेपालमा पोर्तुगीस नेपालीका परिवारलाई भिसा उपलब्ध गराउन, नेपालबाट भिएफएस सेवा सुरु गर्न अनुरोध गरेका छौं,’ अध्यक्ष डा. केसीले भने, ‘पोर्तुगलमा झण्डै ५० हजार नेपाली बसोबास गर्दै त्यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। महामहिम राजदूतले ती समस्यालाई गम्भीरतापूर्वक लिएर छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’

काठमाडौंमा पोर्तुगलको दूतावास छैन । नेपाल मामिला हेर्ने दिल्लीमा रहेको दूतावासले हेर्ने गर्दछ ।

काठमाडौंमा दूतावास नहुँदा नेपालीले अनेकौं समस्या भोग्दै आएका छन्। पछिल्लो समय पोर्तुगलमा नेपालीको संख्या ह्वात्तै बढेको छ।

अहिले पोर्तुगलको राहदानी लिने नेपालीको संख्या पनि धेरै छ।

उनका अनुसार पोर्तुगलमा रहेका नेपालीले परिवारका सदस्यलाई उता बोलाउन एकदमै कठिन छ। भिसा प्रक्रियाका लागि भारत जानुपर्ने बाध्यता छ। पोर्तुगलका लागि भिएफएस सेवा पनि काठमाडौंमा उपलब्ध छैन ।

नेपालले पनि लिस्वनमा दूतावास स्थापना गर्ने निणर्य गरिसकेको छ। अब काठमाडौंमा पनि पोर्तुगलको दूतावास नभइ नहुने डा. केसीको भनाइ छ ।

– प्रवासखबरबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NepaliPatrika.com

View all posts by NepaliPatrika.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *