गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद

Spread the love

काठमाडौं: चर्चित गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटा औपचारिक रूपमा अलग भएका छन्। केही समयअघि सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएकी उनले मंगलबार सामाजिक सञ्जालमार्फत कानुनी रूपमा अलग भएको जानकारी दिएकी छिन् ।

एलिनाले फेसबुकमा लेखेकी छिन्, “आजदेखि स्वतन्त्र भएर आ-आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको छ। पत्नीका रूपमा पाउने सम्पत्ति मैले तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु।”

उनले विवाहको वास्तविक अर्थ शारीरिक वा कानुनी बन्धनमा मात्र सीमित नभई भावनात्मक एकता, आपसी विश्वास र समझदारी रहेको उल्लेख गर्दै सम्बन्धबिच्छेदको घोषणा गरेकी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NepaliPatrika.com

View all posts by NepaliPatrika.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *